बिएल संवाददाता
पाकिस्तानका थप सात खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। यो सँगै पाकिस्तानी टोलीमा कोरोना संक्रमणको संख्या १० पुगेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।
यस साता गरिएको पहिलो परीक्षणमा पाकिस्तानका ३ खेलाडीमा कोरोनाको असर देखिएको थियो । पाकिस्तान शृंखलाका लागि शनिबार इंग्ल्यान्ड भ्रमणमा जाँदै थियो । अगस्टमा टोलीले इंग्ल्यान्डसँग तीन टेस्ट र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने तालिका थियो।
कोरोना संक्रमणको पछिल्लो स्थितिका बावजुद भ्रमण तोकिएको समयमै हुने पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले बताएका छन् ।
कोरोना संक्रमण भेटिएका खेलाडीमा फखर जमान, मोहम्मद रिजवान, वाहब रियाज, इमरान खान, मोहम्मद हफिज, मोहम्मद हस्नाइन, कासिफ भाटी छन् ।
सोमबारमात्र सद्दाव खान, हरिश रौफ र हैदरी अललाई कोरोना संक्रमण भएको पाइएको थियो । टोलीका एक अधिकारीमा पनि यसको संक्रमण देखिएको थियो ।
पाकिस्तानले कोरोना भाइरस संक्रमणको वृद्धिलाई खेपिरहेको छ, त्यसमा १ लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् । पाकिस्तानमा कोरोनाबाट ३ हजार ७ सय ५५ को मृत्यु भइसकेको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया