अमेरिकाका बास्केटबल खेलाडी भिन्स कार्टरले लिए सन्यास

अमेरिकाका बास्केटबल खेलाडी भिन्स कार्टरले खेल जीवनबाट सन्यास लिएका छन्।

४३ वर्षीय कार्टरले बिहीबार सन्यास घोषणा गरेका हुन्।

एनबीए लिगमा कीर्तिमानी २२ सिजन खेलेका कार्टरले यस सिजन एट्लान्टा ह्वाक्सबाट खेलेका थिए ।

ओलम्पिकका स्वर्ण धारी कार्टरले कोरोना भाइरसको महामारीले एनबीए स्थगित हुनुअघि उनले मार्च ११ मा अन्तिम खेल खेलेका थिए ।

कार्टरले सन् १९९८ मा टोरन्टो राप्टर्सबाट एनबीएमा डेब्यु गरेका थिए ।

कार्टरले अचानक अन्त्य गाह्रो भएका बताएका छन्। 
 

प्रकाशित मिति: : 2020-06-26 06:23:32

प्रतिकृया दिनुहोस्