युवा म हुँ            

(छन्द कविता)

युवा म हुँ म देशको, अदम्य जोस बोक्ने

जगाउँ सङ्घशक्ति यो,जगाउँ देश भक्ति यो ।।

 

म गर्छु दिव्य सिर्जना,  प्रबुद्ध ज्ञान आर्जन

सँधै शिरै  झुकाउँदै,  म गर्छु मातृ वन्दना ।।

 

म मानवीय कर्मकै, सदैव गर्छु  स्वागत

अमानवीय कर्मको, डटेर गर्छु भर्त्सना ।।

 

अमूल्य यो धरा महाँ, म बाँच्छु स्वाभिमानमा

परोपकार  भावको,  म गर्छु साहसीपना ।।

 

म पौरखै गरी अझै, अगाडि लान्छु देशनै

उदीयमान  सूर्यझैं, म चम्कने छु विश्वमा ।।

प्रकाशित मिति: : 2020-06-27 14:58:00

प्रतिकृया दिनुहोस्