बिएल संवाददाता
पाकिस्तानले इंग्ल्यान्ड भ्रमण गर्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ।
शनिबार पाकिस्तान क्रिकेट बोर्डले अजहर अलीको कप्तानीमा २० सदस्यीय टोलीको घोषणा गरेको हो।
टिमको उपकप्तान बाबर आजमले गर्ने छन्। पाकिस्तानी टोलि आइतबार इंग्ल्यान्ड प्रस्थान गर्ने छ।
इंग्ल्यान्ड पुगेपछि पाकिस्तानी टोली १४ दिनको आईसोलेसनमा बस्ने छन्।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ। टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ।

६ खेलाडी कोरोना मुक्त
कोरोना भाईरसको संक्रमण देखिएको १० खेलाडीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
गत साता कोरोना संक्रमण देखिएका १० खेलाडीमा पुनः परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको हो।
मोहमद हसनैन, सादव खान, फकर जमान, मोहमद रिजवान, मोहमद हाफिज र वाहब रियाजमा काेराेना नभएकाे पाइएकाे छ।
यता इमरान खान, कासिफ भाटी, हेदर अली र हरिस राउफमा भने दोस्रो पटक पनि कोरोना देखिएकाे छ।
त्यस बाहेक बाँकी खेलाडी र स्टाफको कोरोना रिपोर्ट नेगेटिभ देखिएकाे छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया