मध्यपुर थिमिकी ४ वर्षीया बालिकामा कोरोना

निरज बाडे

भक्तपुर

भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका ९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शनिबार ती बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए। 

उनका अनुसार ती बालिकालाई एपेन्डिसाइटिस भएकाले केएमसी अस्पताल सिनामङ्गल लगिएकाे थियाे। र, अस्पतालले ‘नोजल स्वाब’को नमुना संकलन गरेको थियो।

बालिकालाई एपेन्डिसाइटिस भए पनि अप्रेसन गर्नु नपरेकाले अस्पतालले औषधि दिएर घर पठाइएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शनिबार साँझ बालिकालाई पाटन अस्पताल लगेको तर ठाउँ अभावका कारण शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डीएसपी कँडेलले बताए।

कोरोना संक्रमित बालिकाको ट्राभल हिस्ट्री पत्ता नलागेको प्रहरीले जनाएको छ।

तर बालिकाको परिवारलाई होम क्वारेन्टाइनमा राखिएकाे छ। उनीहरुकाे  यसैसाता पीसीआर परिक्षण गरिने जनाएको छ।

प्रकाशित मिति: : 2020-06-28 07:08:00

प्रतिकृया दिनुहोस्