७५ वर्षपछि विम्बल्डन फेरि रोकियो

दोस्रो विश्व युद्धको ७५ वर्षपछि पहिलो पल्ट विम्बल्डन रद्ध भएको छ। विम्बल्डनको १ सय ३४ औं शृंखला यही अप्रिल १ देखि सुरु हुने तय थियो। तर, कोरोना भाइरसको संक्रमणका कारण ७५ वर्षमा पहिलो पल्ट यो प्रतियोगिता रद्ध गरिएको छ। 

ग्रास कोर्टमा खेलिने यो खेल अब आउँदो वर्ष २८ जुन–११ जुलाईसम्म आयोजना हुने बेलायतस्थित टेनिस संघले जानकारी दिएको छ। पुरानो इतिहास बोकेको विम्बल्डन रद्ध भएपछि आयोजकलाई करिब ४ हजार करोड रुपैयाँ घाटा लागेको छ। 

सन् २००३ मा सार्स रोग फैलिएपछि आयोजक अल इंग्ल्याण्ड क्लबले बीमा योजना लागु गरेको हुनाले घाटा हुने भनिएको पैसा बीमाबाट प्राप्त हुने बताइएको छ। क्लबले बीमा बापत हरेक वर्ष २४ करोड रुपैयाँ बुझाउने गरेको थियो। अहिलेसम्म बीमा बापत क्लबले १५ सय २० करोड रुपैयाँ जम्मा गरिसकेको छ। यस हिसाबले क्लबले घाटा स्वरुप  २२ सय ५० करोड जुटाउनु पर्नेछ। 

विम्बल्डनका प्रमुख कार्यकारी रिचर्ड लेभिसले भने, ‘यस विषयमा हामी भाग्यमानी सावित भयौं। हामीले पहिले नै प्रतियोगिताको बीमा गरेका छौ। यसबाट सहयोग प्राप्त हुनेछ।’

ग्रास कोर्टमा सबैभन्दा बढी प्रतियोगिता स्विट्जरल्याण्डका रोजर फेडररले जितेका छन्। उनले ८ पल्ट विम्बल्डन जित्ने इतिहास रचेका थिए। 
विम्बल्डनको १ सय ४४ वर्ष पुरानो इतिहासमा यो तेस्रो मौका हो, प्रतियोगितालाई रद्द गर्नु परेको । सन् १८७७ देखि अनवरत विम्बल्डन प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ। पहिलो विश्व युद्धका कारण सन् १९१५–१९१८ र दोस्रो विश्व युद्धका कारण १९४०–१९४५ सम्म विम्बल्डनको आयोजना रोकिएको थिो। यसपछि कोरोनाका कारण खेल रद्ध भएको हो। 

अमेरिकाकी मार्टिना नवराटिलोभा महिलातर्फ सबैभन्दा बढी विम्बल्डन जित्ने खेलाडी हुन्। उनले ९ पल्ट विम्बल्डन चुमेकी छिन्।

प्रकाशित मिति: : 2020-06-29 07:57:50

प्रतिकृया दिनुहोस्