बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो विभिन्न चार कमिटीलाई पूर्णता दिएको छ। क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेकोमा क्यानले अहिले आएर समितिमा सदस्यहरु थप गरेको हो।
क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेको थियो । अहिले उक्त कमिटीमा क्यानले सदस्यहरु थप गरेको हो।
'पहिला समितिको संयोजक तोकिएको थियो। अहिले समन्वय गरेर कमिटीमा सदस्यहरु थपिएको हो' क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने।
क्यानले टुर्नामेन्ट कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गरी चार कमिटीलाई पूर्णता दिएको हो।
को को छन् कमिटीमा?
टुर्नामेन्ट कमिटी: प्रशान्तविक्रम मल्ल (संयोजक), दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट, कैलाश विष्ट
टेक्निकल कमिटी: संजयराज सिंह, (संयोजक), वीरेन्द्रबहादुर चन्द, अमृतबीर पाण्डे, अरुण कुमार अर्याल, सञ्जय गुरुङ
फाइनान्सियल कमिटी: रोशन कुमार सिंह (संयोजक), माधव कर्माचार्य, दुर्गाराज पाठक
मिडिया कमिटी: अशोकनाथ प्याकुरेल (संयोजक), भानुभक्त सिक्देल
क्यान निलम्वन फुकुवा भएपछि कात्तिक ३ मा बसेको क्यानको पहिलो बैठकले चारवटा समिति बनाउँदै त्यसको संयोजक तोकेको थियो। क्यानका सचिव प्याकुरेलले त्यही समितिहरुलाई समन्वयद्वारा पूर्णता दिएको बताएका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया