टिक टक बन्द गर्ने निर्णयले नेपालीमूलकी निशा गुरागाइँ प्रभावित, फलोअर्स मात्र २ करोड ७९ लाख 

नेपालीमुलकी भारतीय टिक टक स्टार निशा गुरागाइँले भारत सरकारको टिक टकमाथि प्रतिबन्ध लगाउने पछिल्लो निर्णयले सबैभन्दा ठूलो घाटा बेहोर्नु पर्ने भएको छ।

टिक टकबाट भारतीय सिने स्टारभन्दा बढी ध्यानाकर्षण गराउन सफल निशा टिक टक रानीको रूपमा परिचित छिन्। 

भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन्। फिल्म र टेलिभिजनसँग नाता नभए पनि उनीसँग २ करोड ७ ९ लाख फलोअर्स छन्। 

भारतमा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति रियाज अली हुन्। रियाजको ४ करोड २९ लाख फलोअर्स छन्। यसपछि आरिश्फा खान हुन्। उनको २ करोड ८९ लाख फलोअर्स छन्। 

निशा २३ वर्षकी युवती हुन्। लिप म्युजिकमा माहिर मानिने निशा आफ्नो साथीभाई माझ एञ्जल निशुको उपनामले परिचित छिन्। 

गत वर्ष उनको एउटा ‘फेक’ भिडियो पोस्ट भएको थियो। जसको उजुरी उनले मुम्बई प्रहरीमा दिएकी थिइन। उनले टिक टकबाट राम्रो आम्दानी गर्ने गरेको बताइएको छ।

प्रकाशित मिति: : 2020-06-30 17:13:00

प्रतिकृया दिनुहोस्