बिएल संवाददाता
तिलोत्तमा नगरपालिकाले व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।
पशु सेवा शाखाले गरेको सूचनानुसार माग गर्ने पाँच बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायब पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिए।
नगर उपप्रमुख जागेश्वरी चौधरीले आज किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवद्र्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
किसानको मागलाई ध्यानमा राखी नगरपालिकाले वडा नं ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं ११ को भुजेल बाख्रा फार्म, वडा नं १२ का शान व्यावसायिक बाख्रा फार्म र पोख्रेली बाख्रा फार्म तथा वडा नं १ को लुम्बिनी गट फार्मलाई बोयर जातका बोका प्रदान गरेको हो ।
अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ । सो अवसरमा किसानलाई आन्तरिक परजीवीविरुद्धको औषधिसमेत प्रदान गरिएको थियो ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया