बिएल संवाददाता
तिलोत्तमा नगरपालिकाले व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।
पशु सेवा शाखाले गरेको सूचनानुसार माग गर्ने पाँच बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायब पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिए।
नगर उपप्रमुख जागेश्वरी चौधरीले आज किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवद्र्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
किसानको मागलाई ध्यानमा राखी नगरपालिकाले वडा नं ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं ११ को भुजेल बाख्रा फार्म, वडा नं १२ का शान व्यावसायिक बाख्रा फार्म र पोख्रेली बाख्रा फार्म तथा वडा नं १ को लुम्बिनी गट फार्मलाई बोयर जातका बोका प्रदान गरेको हो ।
अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ । सो अवसरमा किसानलाई आन्तरिक परजीवीविरुद्धको औषधिसमेत प्रदान गरिएको थियो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया