बिएल संवाददाता
भारतमा चिनियाँ सामान बहिस्कारको होडबाजी चलिरहेको बेला भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र इन्डियन प्रिमियर लिग (आइपीएल) लाई पनि सम्झौता रद्ध गर्न दवाब बढेको छ।
भारत र चीनबीच सीमा विवादलाई लिएर भारतले दुई दिनअघि मात्र टिकटकलगायत ५९ वटा एप्स बन्द गर्ने निर्णय गरेको थियो। यस्तै, भारतभरि चिनियाँ सामान बहिस्कारको माहाेल बनेको छ।
हाल आइपीएलमा चिनियाँ मोबाईल कम्पनी भिभोले प्रमुख प्रायोजन स्वरुप हरेक वर्ष ४ सय ४० करोड भारतीय रुपैयाँ खर्चिने गरेको छ। ४ वर्षका लागि गरिएको सम्झौंता सन् २०२२ मा समाप्त हुँदैछ। भिभो बाहेक पेटिएमले पनि आइपीएलमा प्रायोजन गरेको छ।
पेटिएममा चिनियाँ कम्पनी अलिबाबाको ३७ दशमलव १५ प्रतिशत लगानी छ। यसबाहेक चीनको भिडियो गेम कम्पनी टेनसेन्टको स्विगी तथा ड्रिम–११ मा ५ दशमलव २७ प्रतिशत लगानी छ। यी सबै चिनियाँ कम्पनी बीसीसीआईको पनि प्रायोजक हुन्।
टिम इन्डियाको जर्सी प्रायोजक बायजुमा पनि टेनसेन्टको लगानी छ। बायजुले गत वर्ष मात्र बीसीसीआईसँग पाँच वर्षका लागि प्रायोजन सम्झौंता गरेको थियो। यस बापत बायजुले बीसीसीआईलाई १ हजार ७९ करोड रुपैयाँ प्रायोजन गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया