गोवा पर्यटकका लागि खुला, २५० हाेटललाई सञ्चालनकाे अनुमति

 गोवा बिहीबारदेखि पर्यटकका लागि खुला हुने भएको छ।

गोवाको मन्त्रिपरिषद् बैठकले लगातारको लकडाउनका कारण अस्तव्यस्त पर्यटनलाई सुचारु गर्न उक्त निर्णय गरेको हो‍। 

पर्यटकका लागि खुला गरेसँगै २५० वटा होटललाई पनि सञ्चालनको अनुमती दिइएको गोवाका पर्यटन मन्त्री मनोहर अजगावनकरले जानकारी दिए।

तर होटल व्यवसायीहरुले सामाजिक दूरी भने अनिवार्यरुपमा पालना गर्नुपर्ने छ। ‘सामाजिक दुरीसहित कोरोना संक्रमण फैलन नदिने आवश्यक मापदण्ड अपनाएर सेवा दिन हामीले आग्रह गरेका छौं,’ पर्यटनमन्त्री अजगावनकरले भने। 

प्रकाशित मिति: : 2020-07-01 19:06:34

प्रतिकृया दिनुहोस्