बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष शशांक मनोहरले राजीनामा गरेका छन्। उनले दुई पटक आईसीसीको प्रमुखको हैसियतमा काम गरेपछि बुधबार राजीनामा दिएका हुन्।
आईसीसीको बुधबारकाे बोर्ड बैठकले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ।
आईसीसीका प्रमुख कार्यकारी मनु सावनेले भने, ‘आईसीसी बोर्ड, कर्मचारी र सम्पूर्ण क्रिकेट परिवारको तर्फबाट म शशांकलाई उनको नेतृत्व र आईसीसी अध्यक्षको हैसियतमा खेलका लागि गरेका सबै कामका लागि धन्यवाद दिन्छु। हामी उनलाई र उनको परिवारलाई भविष्यको लागि शुभकामना दिन्छौं।’
अध्यक्षको चुनावको प्रक्रियालाई आईसीसी बोर्डले आगामी हप्ता अनुमोदन गर्न जनाएकाे छ।
आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भने, ‘आईसीसी बोर्डका सबैले शशांकलाई हाम्रो खेलप्रति देखाएको प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिनेछौँ। शशांकले क्रिकेट र आईसीसीलाई राम्रो ठाउँमा छाडेका छन्।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया