बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष शशांक मनोहरले राजीनामा गरेका छन्। उनले दुई पटक आईसीसीको प्रमुखको हैसियतमा काम गरेपछि बुधबार राजीनामा दिएका हुन्।
आईसीसीको बुधबारकाे बोर्ड बैठकले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ।
आईसीसीका प्रमुख कार्यकारी मनु सावनेले भने, ‘आईसीसी बोर्ड, कर्मचारी र सम्पूर्ण क्रिकेट परिवारको तर्फबाट म शशांकलाई उनको नेतृत्व र आईसीसी अध्यक्षको हैसियतमा खेलका लागि गरेका सबै कामका लागि धन्यवाद दिन्छु। हामी उनलाई र उनको परिवारलाई भविष्यको लागि शुभकामना दिन्छौं।’
अध्यक्षको चुनावको प्रक्रियालाई आईसीसी बोर्डले आगामी हप्ता अनुमोदन गर्न जनाएकाे छ।
आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भने, ‘आईसीसी बोर्डका सबैले शशांकलाई हाम्रो खेलप्रति देखाएको प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिनेछौँ। शशांकले क्रिकेट र आईसीसीलाई राम्रो ठाउँमा छाडेका छन्।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया