बिएल संवाददाता
नेप्से ६ प्रतिशतले घटेर तेस्रो पटक नकारात्मक सर्किट लागेको छ। कारोबार समय नसकिँदै तीन पटक सर्किट लागेपछि यस साताको लागि शेयर बजार बन्द भएको हो।
यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशत र ११ बजेर ४७ मिनेटमा खुलको ४ मिनेटमा नै दोस्रो नकारात्मक सर्किट लागेको थियो। पहिलो नेगेटिभ सर्किटल लागेर २० मिनेटपछि र दोस्रो सर्किट लागेर ४० मिनेटपछि १२ बजेर २७ मिनेटमा कारोबार खुलेको थियो।
सोमबार नकारात्मक सर्किटपछि मंगलबार र बुधबार लगातार दुई दिन उछाल आएको शेयर बजारमा तेस्रो दिन बिहीबार भारी गिरावट आएको हो। बजारमा नाफा सुरक्षित गर्ने क्रम बढ्दा बिहीबार बजारमा ऋणात्मक सर्किट लागेको हो।
बिहीबार नेप्से ८०. ४१ अंकले घटेर १२५६.११ बिन्दुमा बन्द भएको छ। ठूला कम्पनीको मापक सुचक सेन्सेटिभ इन्डेक्स् ६.२७ प्रतिशतले घटेर २६९.०३ अंकमा झरेको छ।
तेस्रो सर्किट ब्रेकसम्म १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता शेयर ८ हजार ४०९ पटक खरीद बिक्री गर्दा हुँदा ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा आएका म्युचुअल फण्ड बाहेक १० वटै उप समूहको सुचक ऋणात्मक बनेको छ। नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ६ लाख र नेपाल लाईफको ६ करोडको शेयर खरीद बिक्री हुँदा हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक र नागरिक लगानी कोषको २ करोड बढीको शेयर कारोबार भएको छ।
स्वाभिमान लघुवित्तको शेयरमूल्य ८ प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ३ प्रतिशले बढेको छ।
सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिष्टिलरी, एलआईसी र ग्लोबल आइएमई बैंकको शेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया