सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन लद्दाख पुगे मोदी

 भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी केन्द्रशासित प्रदेश लद्दाखको लेह पुगेका छन्। 

जुन १५ गते भारत–चीन सीमामा भएको झडपपछिको अवस्थाको समीक्षा गर्नका लागि मोदी शुक्रबार बिहान लेह पुगेका हुन्।

१५ जुनमा चिनियाँ सेनासँगको झडपमा एक बरिष्ठ अधिकारी सहित २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

मोदीको लेह भ्रमणबारे जानकारी दिँदै भारतको सरकारी सञ्चारमाध्यम प्रसार भारतीले ट्वीट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमु पुग्नु भएको छ। उहाँ आज बिहान त्यहाँ पुग्नु भएको हो।’

With Our Soldiers: PM Flies To Ladakh : DoordarshanNews

उनले त्यहाँ सेनाका जवान, एयर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग पछिलाे अवस्थाबारे जानकारी समेत लिएका छन्। 

यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने तय भएपनि बिहीबार मात्रै उनको भ्रमण स्थगित गरिएको थियो। 

प्रधानमन्त्री मोदीसँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ् डिफेन्स बिपिन रावत पनि लेह गएका छन्। चीनसँग सीमा विवाद उत्कर्षमा पुगिरहेका बेला सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन प्रधानमन्त्री मोदी लेह पुगेको बताइएको छ।

प्रकाशित मिति: : 2020-07-03 13:39:14

प्रतिकृया दिनुहोस्