बुधबार, १६ जुलाई २०२५

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा जनप्रदर्शन

बिएल संवाददाता

बिएल संवाददाता

भक्तपुर
2020-07-03 13:48:33
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा सूर्यविनायकमा शुक्रबार जनप्रदर्शन गरिएको छ। 

स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाइएको थियो। 

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आउन सामाजिक सञ्जालबाट आह्वान गरिएकाे थियाे। 

प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए। 

नागरिकले जनताको अभिमतको मान्न पनि आग्रह गरे। प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए। 
    
सूर्यविनायकमा शुरु भएको र्‍याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, राजनीतिक स्थिरता कायम गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर जस्ता नारा लगाइएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?