रातोपाटी
तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले पार्टीलाई आफ्नो स्पष्टीकरण बुझाएकी छन् । लिम्पियाधुरा, लिपुलेख, कालापानीसहित समेटेर जारी गरिएको नेपालको राजनीतिक तथा प्रशासनीक नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजका लागि गिरीले संशोधन दर्ता गराएपछि असार ८ गते समाजवादीको पार्टीको पदाधिकारीको बैठकले सांसद गिरीसँग स्पष्टीकरण सोधेको थियो ।
नयाँ नक्सा अनुसार निशान छाप परिवर्तनका लागि सरकारले संविधान संशोधन विधेयक खारेजीको मागसहित सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।
सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । त्यसपछि समाजवादी पाटीर्को संसदीय दलले संशोधन फिर्ता लिन सांसद गिरीलाई निर्देशन दिएको थियो ।
फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो संशोधन प्रस्ताव फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । सो स्पष्टीकरणको जवाफ उनले विहिवार पार्टीमा बुझाएकी छिन् । उनले स्पष्टीकरण दिनुभन्दा पनि पार्टीलाई नै प्रश्न गरेकी छिन् ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया