रातोपाटी
तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले पार्टीलाई आफ्नो स्पष्टीकरण बुझाएकी छन् । लिम्पियाधुरा, लिपुलेख, कालापानीसहित समेटेर जारी गरिएको नेपालको राजनीतिक तथा प्रशासनीक नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजका लागि गिरीले संशोधन दर्ता गराएपछि असार ८ गते समाजवादीको पार्टीको पदाधिकारीको बैठकले सांसद गिरीसँग स्पष्टीकरण सोधेको थियो ।
नयाँ नक्सा अनुसार निशान छाप परिवर्तनका लागि सरकारले संविधान संशोधन विधेयक खारेजीको मागसहित सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।
सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । त्यसपछि समाजवादी पाटीर्को संसदीय दलले संशोधन फिर्ता लिन सांसद गिरीलाई निर्देशन दिएको थियो ।
फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो संशोधन प्रस्ताव फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । सो स्पष्टीकरणको जवाफ उनले विहिवार पार्टीमा बुझाएकी छिन् । उनले स्पष्टीकरण दिनुभन्दा पनि पार्टीलाई नै प्रश्न गरेकी छिन् ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया