शीर्ष चारमा रहेर लिग टुंग्याउने युनाइटेडकाे सम्भावना कामयै

प्रिमियर लिग फुटबलमा अन्तर्गत शनिबार भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई ५–२ ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा युनाटेइडका लागि म्यासन ग्रिनवुडले दुई गाेल गरे भने मार्कश रासफोर्ड,  एन्थोनी मार्शल र ब्रुनो फेर्नान्डेस एक/एक गाेल गरे।

यता बोर्नमाउथका स्टानिसलास र किङ्गले एक/एक गोल फर्काए।

खेलकाे १५ औँ मिनेटमा नै बोर्नमाउथका लागि स्टानिसलासले गाेल गरे।  

तर २९ औँ मिनेटमा ग्रिनवुडले गाेल गर्दै युनाइटेडलाई बराबरीकाे स्थितिमा फर्काए।  

यस्तै रासफोर्डले ३५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे भने एन्थोनी मार्शलले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दा युनाइटेड ३– १ ले अगाडि रह्याे।

यता ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा किङ्गले गोल गर्दै बाेर्नमाउथलाई ३– २ काे स्थितिमा पुर्याए। 

तर ५४ औँ मिनेटमा ग्रिनवुडले व्यक्तिगत दाेस्राे गोल गर्दा युनाइटेड ४– २ काे बलियाे स्थितिमा पुग्याे।

यता युनाइटेडका लागि फेर्नान्डेसले ५९ औँ मिनेटमा गोल गर्दै ५– २ काे फराकिलाे जित दिलाए। 

जितपछि शीर्ष चारमा रहेर लिग टुंग्याउने प्रयासमा रहेको युनाइटेडले सो सम्भावना कामयै राख्न सफल भएको छ।

पाँचौँ स्थानको युनाइटेडको ३३ खेलबाट ५५ अंक भएको छ र उसले चेल्सीमाथि दबाब बनाइरहेको छ। चौथो स्थानमा रहेको चेल्सीको ३३ खेलबाट ५७ अंक छ।

युनाइटेडसँग पराजित भएको बोर्नमाउथ ३३ खेलबाट २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा ब्राइटनले नर्विचलाई १–०, लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० तथा आर्सनलले वुल्भ्सलाई २–० ले परजित गरेका छन्।

प्रकाशित मिति: : 2020-07-05 06:31:50

प्रतिकृया दिनुहोस्