चीनका चर्चित ब्याडमिन्टन खेलाडी लिनद्धारा सन्यास घोषणा

एजेन्सी

बेइजिङ

विश्व चर्चित ब्याडमिन्टन खेलाडी लिन डानले अन्तर्राष्ट्रिय खेल जीवनबाट बिदा लिएका छन्। दुई पल्ट ओलम्पिकमा स्वर्ण जितेका तथा पाँच पल्टका विश्व च्याम्पियन चीनका डानले सन् २० वर्ष लामो आफ्नो ब्याडमिन्टन करिअरबाट सन्यास लिएका हुन्। 

उनले सन् २००० देखि खेल्न सुरु गरेका हुन्। उनले २००८ बेइजिङ तथा २०१२ लन्डन ओलम्पिकमा स्वर्ण जितेका थिए। 

उनी ‘सुपर डान’ को उपनामले चर्चित थिए। उनले अल इंग्ल्याण्ड ओपन च्याम्पियनशीप ६ पल्ट जितेका थिए। उनले ‘सुपर ग्रान्ड स्लाम’ पुरा गरेका थिए, जसको अर्थ हो– ब्याडमिन्टनको विश्वमा हुने नौ वटा प्रमुख प्रतियोगितामा जित। 

२००६, २००७, २००८, २०११ र २०१३ मा उनले विश्व च्याम्पियनशीप जितेका थिए। उनले २००५ र २००६ मा विश्व कपको उपाधि पनि आफ्नो नाममा लेखाएका थिए। 

ओलम्पिक, विश्व च्याम्पियनशीप, ब्याडमिन्टन विश्व कप, थोमस कप, सुपर सिरिज, मास्टर्स फाइनल, अल इंग्ल्याण्ड ओपन, एशियन गेम्स, एसियाली च्याम्पियनशीप, सुदीरमन कप जस्ता उपाधि जितेका डान चीनका सर्वाधिक सफल ब्याडमिन्टन खेलाडीमा गनिन्छन्।

प्रकाशित मिति: : 2020-07-05 08:45:02

प्रतिकृया दिनुहोस्