भारतमा पब्जीको लत, आमा–बुवाको उपचारको १६ लाख रुपैयाँ छोराले उडाए

जुवाको लतमा मान्छे कति अन्धो हुन्छ, यसको पछिल्लो उदाहरण भारतको पञ्जाव राज्यमा देखिएको छ। पञ्जावको खरार जिल्लामा एक १७ वर्षीय किशोरले आफ्नो आमा–बुवाको उपचारका लागि जम्मा गरेर राखेको १६ लाख रुपैयाँ अनलाइन गेम्स खेल्ने क्रममा उडाएका छन्। 

‘अनलाइन गेम’ पब्जीको विषयमा नसुन्ने सायदै होलान यो विश्वमा। विश्वका थुप्रै देशमा यस खेलको कूलतका कारण यसलाई प्रतिबन्ध लगाइसकिएको छ। भारतमा पब्जी अर्थात ‘प्लेयर अननोन ब्याटल ग्राउन्ड’ खेलका कारण थुप्रै युवाले ज्यान गुमाउनु परेको छ। 

प्रहरी रिपोर्टका अनुसार पञ्जावका यी किशोरले एक महिनामा यो खेलमा पोख्त हुन उनले भर्चुअल हातहतियार तथा तोपहरु खरिद गरेका थिए। 

‘द ट्रिब्युन’ वेभसाइटका अनुसार उनले आफ्नो आमा–बुवालाई अनलाईन पढाईका लागि आफूले मोबाईलको अत्याधिक प्रयोग गरिरहेको भनेर ढाटेका थिए। उनको नाम गोप्य राखिएको छ। 

उनलाई आफ्नो आमा–बुवाको तीन वटा बैक खाताको जानकारी थियो। जसको प्रयोग गर्दै उनले पब्जीको प्रोफाइल अपग्रेड गरेका थिए। 

खाताबाट निकालिएको रकमको प्रयोगले उनले आफू र आफ्ना साथीको ऐप्स खरिद गरेका थिए। उनको आमा–बुवालाई यसको जानकारी बैक स्टेटमेन्ट हेरेपछि मात्र थाहा भयो। 

उनको बुवा सरकारी कर्मचारी हुन् भने उनी लामो समयदेखि बिरामी छन्। यही पैसाले उनले उपचार गराउँदै आएका थिए। उनले आफ्नो आमाको पीएफबाट पनि पैसा निकालेका थिए।

‘मैले आफ्नो उपचार तथा छोराको भविष्यका लागि पैसा सुरक्षित राखेको थिए। लकडाउनका कारण म पोस्टिङ भएको ठाउँमा छुट्टै बसिरहेको थिए। छोरा आमासँग थियो। 

उसले मोबाईल प्रयोग गरेर पैसा निकाल्दो रहेछ र बैकबाट आएको म्यासेज डिलिज गर्दो रहेछ,’ ती किशोरका बुवाले भने। 

उनले छोरालाई बैक खाताको विषयमा थाहा भएको र त्यो पैसा आमाको किट्टी पार्टीको नाममा निकाल्ने गरेको बताए। ‘हामीलाई थाहा थिएन, उसले गेम खेल्न हाम्रो बैक खाताको उपयोग गरिरहेको छ’, उनले भने।

प्रकाशित मिति: : 2020-07-05 09:15:56

प्रतिकृया दिनुहोस्