कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ।
मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई सामाजमा नकारात्मक रुपमा हेरिन्थ्यो। अहिले यस्तो दुर्व्यवहार कोरोना संक्रमित र त्यसमा पनि विदेशबाट फर्किएका मानिसले भोगिरहेका छन्। त्यसको साक्षी म आफैँ पनि हुँ।
आज म दुबईबाट नेपाल फर्किँदाका पीडादायक तीन दिनको कथा भन्दैछु। जुन, मेरो जीवनकालकै सबैभन्दा पीडादायक छन्। गत जुन २० तारिखमा मसहित २ सय ५९ जना नेपाल फर्कने तय भयो। दुबईको नमस्ते ट्राभल्सले नेपाल एयरलाइन्सको जहाजको टिकट विक्री गरेको थियो। एक व्यक्तिको १३२० दिराम (३३ हजार ५ सय ६० नेपाली रुपैयाँ) मा टिकट किनियो। म दुबईमा सामाजिक काममा सक्रिय थिएँ। मलाई ट्राभल एजेन्सीले टिकट बुक भइसकेको बताएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया