
एजेन्सी
शरीर जोडिएर जन्मिएका गेलयन जुम्ल्याँह दाजुभाइको निधन भएको छ।
उनीहरूको सोमबार मोन्टगोमेरी काउन्टीस्थित डेटनका एउटा अस्पतालमा निधन भएको हो। उनीहरू ६८ वर्षका थिए। रोनी र डोनीको जोडिएको शरीरमा सबैभन्दा लामो समय बाच्ने जुम्ल्याह हुन्।
उनीहरूको जन्म २८ अक्टुबर १९५१ मा अमेरिकाको ओहियो राज्यको ववेवरक्रिकमा भएको थियो। शारीरिक रूपमा कष्ट भोगे पनि उनीहरू निकै मिहिनेती थिए। ३ वर्षको उमेरमा सर्कस र कार्निवलमा काम गर्न उनीहरूले सुरु गरिसकेका थिए।
उनीहरू सन् १९९१ सम्म काममा सक्रिय थिए। यसपछि काम छोडेका उनीहरू सर्कसमा कमाएको पैसाले जिविकोपार्जन गरिरहेका थिए। उनीहरू २०१० सम्म एक्लै बसे। स्वास्थ्यमा समस्या देखिएपछि उनीहरू भाइ जिमसँग बस्न गएका थिए।
रोनी र डोनीले सन् २०१४ मा ६३ वर्ष बाचेर इतिहास बनाइसकेका थिए। यसअघि अमेरिकीमूलका चेङ र एङ बंकरको नाममा सबैभन्दा बढी बाच्ने कीर्तिमान थियो। उनीहरू ६२ बर्षसम्म जिवित थिए।
रोनी–डोनीको विषयमा टिएलसी च्यानलमा एउटा डकुमेन्ट्री पनि प्रदर्शन भएको थियो। दुबैको शरीर कम्मरदेखि तल्लो भागमा जोडिएको थियो। उनीहरूको मुटु भने दुई वटा थियो। उनीहरूको एउटै ‘लोवर डाइजेस्टिव ट्रेक्ट र मलद्धारा थियो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया