अनलाइनखबर
गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्यो ।’
प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको तर्क पेश भएको थियो । प्लाजाको आधा भाग र जमिन प्रयोग गर्दा सबै सेवा एकैस्थानबाट दिन सकिन्छ ।
बागदरबारको जेडी कम्प्लेक्समा रहेको महानगरपालिकाको कार्यालय महाभूकम्पपछि कमलादी सार्ने प्रस्तावमा कार्यपालिकाका सबै ४२ सदस्यले सहमति जनाएका थिए ।
त्यसपछि मेयर विद्यासुन्दर शाक्यले नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा १० वर्षका लागि महानगरलाई दिन आग्रह गर्दै पत्र लेखे ।
नेपाल ट्रस्टको सिफारिसमा मन्त्रिपरिषद् बैठकले महानगरपालिकालाई मासिक ६० लाख ५० हजार रुपैयाँमा प्लाजा भाडामा लगाउने निर्णय गरेपछि भने कार्यपालिका सदस्यहरू चकित परेका छन् ।
यो भाडा दर पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतले बढ्नेछ । अर्थात् १० औं वर्षमा भवनको भाडा मासिक साढे ९७ लाख लाख पुग्नेछ ।
यो थाहा पाएपछि महानगरपालिकाभित्र विवाद चलेको छ । उप-मेयर हरिप्रभा खड्गीले झुक्याएर निर्णय गरेको भन्दै चालु नगर सभाको सातौं अधिवेशनमा आपत्ति जनाएकी छन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया