ठेक्का लगाएर कमाउन खोज्दा काठमाडौं प्लाजामा यसरी फस्यो महानगर

अनलाइनखबर

काठमाडाैं

 गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्‍यो ।’

प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको तर्क पेश भएको थियो । प्लाजाको आधा भाग र जमिन प्रयोग गर्दा सबै सेवा एकैस्थानबाट दिन सकिन्छ ।

बागदरबारको जेडी कम्प्लेक्समा रहेको महानगरपालिकाको कार्यालय महाभूकम्पपछि कमलादी सार्ने प्रस्तावमा कार्यपालिकाका सबै ४२ सदस्यले सहमति जनाएका थिए ।

त्यसपछि मेयर विद्यासुन्दर शाक्यले नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा १० वर्षका लागि महानगरलाई दिन आग्रह गर्दै पत्र लेखे ।

नेपाल ट्रस्टको सिफारिसमा मन्त्रिपरिषद् बैठकले महानगरपालिकालाई मासिक ६० लाख ५० हजार रुपैयाँमा प्लाजा भाडामा लगाउने निर्णय गरेपछि भने कार्यपालिका सदस्यहरू चकित परेका छन् ।

यो भाडा दर पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतले बढ्नेछ । अर्थात् १० औं वर्षमा भवनको भाडा मासिक साढे ९७ लाख लाख पुग्नेछ ।

यो थाहा पाएपछि महानगरपालिकाभित्र विवाद चलेको छ । उप-मेयर हरिप्रभा खड्गीले झुक्याएर निर्णय गरेको भन्दै चालु नगर सभाको सातौं अधिवेशनमा आपत्ति जनाएकी छन् ।

प्रकाशित मिति: : 2020-07-07 21:22:10

प्रतिकृया दिनुहोस्