नयाँ पत्रिका दैनिक
गरिबी निवारणका लागि विश्व बैंक र सहयोगी दातृ निकायबाट आएको २९ अर्ब अनुदानबाट कति गरिबको जीवन उत्थान भयो भन्ने यकिन छैन । कोषले नै आफ्नै कार्यक्रमको अनुगमन गरेको छैन । तर, पदाधिकारी र कर्मचारीको जीवन उत्थान भएको मान्न सकिन्छ किनकि कोषको कार्यालयबाट पेनड्राइभ, ल्यापटप, कुर्सी, सोफा, ग्यास सिलिन्डर र हिटरदेखि मोटरसाइकल र गाडीसमेत गायब भएका छन् ।
अनुदानमा आएको २९ अर्बमध्ये १० अर्ब प्रशासनिक काममा खर्च भएको र लगानी भएको भनिएको १९ अर्बको पनि जवाफदेही कोही नभेटिएको भनेर राष्ट्रिय सतर्कता केन्द्रले नै थप छानबिनको सिफारिस गरेको छ । केन्द्रको छानबिन समितिले कोषमा भएको बेथिति उजागर गर्दै भनेको छ– कोषको कार्यालयबाट सातवटा गाडीसहित एक हजार १५ जिन्सी सामान नै गायब गरिएका छन् ।
गरिबी निवारण कोषको आ.व. ०६२/६३ देखि ०७४/७५ सम्मको जिन्सी निरीक्षण प्रतिवेदनमा जम्मा दुई हजार चार सय ३१ प्रकारका जिन्सी सामग्री रहेको रेकर्डबाट देखिन्छ । तर, तीमध्ये एक हजार १५ सामान कोषबाटै गायब गरिएको ठहर छानबिन समितिको छ । यसरी गरिबको नाममा आएको अनुदानबाट किनिएका चार करोड १४ लाख ७२ हजार दुई सय ४८ रुपैयाँका सामान कसले लग्यो ? यस विषयमा छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया