नयाँ पत्रिका दैनिक
गरिबी निवारणका लागि विश्व बैंक र सहयोगी दातृ निकायबाट आएको २९ अर्ब अनुदानबाट कति गरिबको जीवन उत्थान भयो भन्ने यकिन छैन । कोषले नै आफ्नै कार्यक्रमको अनुगमन गरेको छैन । तर, पदाधिकारी र कर्मचारीको जीवन उत्थान भएको मान्न सकिन्छ किनकि कोषको कार्यालयबाट पेनड्राइभ, ल्यापटप, कुर्सी, सोफा, ग्यास सिलिन्डर र हिटरदेखि मोटरसाइकल र गाडीसमेत गायब भएका छन् ।
अनुदानमा आएको २९ अर्बमध्ये १० अर्ब प्रशासनिक काममा खर्च भएको र लगानी भएको भनिएको १९ अर्बको पनि जवाफदेही कोही नभेटिएको भनेर राष्ट्रिय सतर्कता केन्द्रले नै थप छानबिनको सिफारिस गरेको छ । केन्द्रको छानबिन समितिले कोषमा भएको बेथिति उजागर गर्दै भनेको छ– कोषको कार्यालयबाट सातवटा गाडीसहित एक हजार १५ जिन्सी सामान नै गायब गरिएका छन् ।
गरिबी निवारण कोषको आ.व. ०६२/६३ देखि ०७४/७५ सम्मको जिन्सी निरीक्षण प्रतिवेदनमा जम्मा दुई हजार चार सय ३१ प्रकारका जिन्सी सामग्री रहेको रेकर्डबाट देखिन्छ । तर, तीमध्ये एक हजार १५ सामान कोषबाटै गायब गरिएको ठहर छानबिन समितिको छ । यसरी गरिबको नाममा आएको अनुदानबाट किनिएका चार करोड १४ लाख ७२ हजार दुई सय ४८ रुपैयाँका सामान कसले लग्यो ? यस विषयमा छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया