संवैधानिक आयोगका नाममा ओली–देउवा वार्ता : पदाधिकारीको रिक्तता कहिलेसम्म ?

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच १८ असारमा भएको भेटवार्ताको चर्चा अझै सेलाएको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको सत्ता संघर्ष उत्कर्ष रहेका बेला प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भएको छलफलमाथि विभिन्न कोणबाट चर्चा र विश्लेषण भयो र यो क्रम जारी छ । २१ असारमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीको दूतका रुपमा देउवालाई भेटेपछि मुलुकको राजनीतिक माहोल थप तरङ्गित बनायो ।

त्यसपछि १६ असारको नेकपा स्थायी समिति बैठकमा शीर्ष नेताबाटै ओलीलाई दुबै पदबाट राजीनामाका लागि दिएको दबाब र आफूविरुद्ध पार्टीले निर्णय लिएको अवस्थामा सत्ता सहकार्यका लागि ओलीले देउवालाई दिएको सिग्नलका रुपमा यो प्रसङ्गको व्याख्या भयो । यद्यपि दुबै पक्षबाट संवैधानिक आयोगका रिक्त पद पूर्ति गर्ने सम्बन्धमा भेटवार्र्ता भएको ‘जबरजस्त’ ब्याख्या भयो ।

प्रकाशित मिति: : 2020-07-12 13:05:38

प्रतिकृया दिनुहोस्