हिजाब लगाएर बक्सिङ सिकाउने प्रशिक्षक

जाहारा बट बेलायती बक्सिङ प्रशिक्षक हुन्। उनी नोटिङ्घमको एस्प्लेमा बसोबास गर्छिन्। जाहारालाई ‘प्रिग्नेसी’ पछि ‘डिप्रेसन’ भएको थियो। 

यसपछि उनले खेलकुदमार्फत ‘डिप्रेसन’ लाई हटाउने प्रयास गरेकी थिइन। तीन केटाकेटीकी यी आमा अहिले घरेलु हिंसाको शिकार भएका महिलालाई बक्सिङ सिकाउने काम गर्छिन्। 

उनी अभ्यासका क्रममा आफ्नो हिजाब कहिल्यै हटाउदिन्न्। भन्छिन्, ‘म हिजाब नलगाउँदा मानिसहरूको आउन सक्ने खराब प्रतिक्रिया सुन्न चाहन्न।’ 

४० वर्षीय जाहराले बक्सिङलाई अहिले आफ्नो करिअर नै बनाइसकेकी छिन्। एउटा महिला बक्सरको रूपमा आउने सकारात्मक प्रतिक्रियाबाट उनी निकै खुसी छिन्। 

भन्छिन्, ‘यसले मलाई थप उर्जा दिन्छ।’ जाहारालाई अहिले पनि यस कुरामा निकै दुःख छ, हिजाबका कारण उनले भेदभावको सामना गर्नु परेको छ। ‘यो मेरो लागि दुःखद छ। यद्यपि म आफू आत्मनिर्भर छु। तरपनि भेदभाव घटेको छैन,’ उनी भन्छिन्। 

बाहिरका मानिसहरूको अप्रसांगिक कुरा सुनेर उनको ह्दयमा चोट लाग्ने गरेको छ। ‘यसले मेरो आत्मविश्वासलाई डगमगाउने काम गर्छ। मेरो परिवारलाई पनि कहिले काहीँ लाग्ने गर्छ, मेरो दुःखको कारण नै बक्सिङ हो कि?’ उनी भन्छिन्। यद्यपि उनी आफ्नो काममा दत्तचित्त भएर लागेकी छिन्। 

उनी आफ्नो काममा भने यसले कुनै समस्या नभएको बताउँछिन्। जाहरा महिलालाई सहयोग पुर्याउन बक्सिङको प्रशिक्षण दिन चाहन्छिन्। उनी भन्छिन्, ‘मैले उनीहरूलाई केही सहयोग गरे भने न उनीहरूले पनि बक्सिङ सिकेर अरूलाई सहयोग गर्न सक्छन्।’

बक्सिङ सिकाउँदा आफूमा आत्मविश्वास बढ्ने र मानसिक सन्तुलन पनि कायम रहने उनको भनाई छ। जाहराका अनुसार मानिसहरूले अहिलेसम्म उनलाई ‘स्ट्रिट फाइट’ गरेको मात्र देखिरहेका छन्। 

तर, उनी जब मानिसलाई आफ्नो कामको विषयमा जानकारी दिन्छन्, धेरैले उनको कामको तारिफ गरेका छन्। 

कोरोना भाइरसका कारण अहिले बेलायत सबैभन्दा बढी प्रभावित छ। यस्तो अवस्थामा पनि उनी ‘वन टु वन’ कक्षा लिन चाहन्छिन्। 

उनी जुमबाट बक्सिङ सिकाइरहेकी छिन्। सन् २०१४ मा प्रशिक्षक बनेपछि उनले एम्एच्योर बक्सिङ संघमा हिजाब लगाएर बक्सिङ सिकाउने गरिरहेकी छिन्।


 

प्रकाशित मिति: : 2020-07-29 20:42:50

प्रतिकृया दिनुहोस्