युवलाल गाैतम
मेरा पिता...
मलाई अझै याद् छ
हजुर मेरो खुशीको लागि
हाथी,घोडा बनेर मलाई हँसाएको
मेरा पिता...
निःस्वार्थ भावले आफू किसान बनेर
घाम, पानी एक्लै सहेर
पसिनाका धारा बगाउँदै
कडा मेहनत गरेर
सन्तानलाई खिलाइ, पिलाइ गर्ने
मेरा पिता...
जब बिरामी हुन्छन् सन्तानहरु
तब डक्टर हुनुभो आफैं
मेरा पिता....
कहिले पाइलट् त कहिले प्रहरी
कहिले पण्डित त कहिले ज्योतिष
मेरा पिता...
कहिले इन्जिनियर भएर घर बनाउनुभो
कहिले माली बनेर फुलबारी सजाउनुभो
मेरा पिता....
कलाकार बनेर संस्कृति जोगाउनुभो
साहित्यकार बनेर भाषा जोगाउनुभो
मेरा पिता...
कसरि गरौं म हजुरको बयान ?
कति गरौं?कति छन् कति
अनगिन्ति उपकार हजुरका
मेरा पिता...
मेरा लागि भगवाननै हुनुहुन्छ
जिउँदा, जाग्दा
मेरा पिता...मेरा पिता...!
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया