
प्रवीण नेपाल
वसुधा कति स्वच्छ थियो पहिले
सब नीरस भो भुवनै अहिले
कति सुन्दर त्यो रमणीय थियो
अति निर्ममले अब दूषित भो ।।
अति दुर्लभ यो नर योनि मिल्यो
अब मानवता गर सार्थक त्यो
कुबिचारहरू सब नष्ट गरौं
अपकार अनिष्ट समाप्त गरौं ।।
जड चेतन जन्तुहरू सबमा
समभाव बनोस् विधिको रचना
निज कर्महरू अति पावन हुन्
मन बुद्धिहरू परिमार्जित हुन् ।।
सबका मनमा सुख शान्ति बसोस्
सबका घरमा शुभ कृत्य हवस्
तन शक्ति बढोस् धन शक्ति बढोस्
भवमा अति सुन्दर फूल फुलोस ।।
जब यो मनमन्दिर शुद्ध भयो
तब ईश्वरको बसने घर भो
यदि यो मन भित्र घमण्ड रह्यो
कसरी प्रभुको गुणगान भयो ।।
क्षणभङ्गुर मानवको शरिर
भवको ममता सपना सरि हो
जगमा अभिमानको त्याग गरौं
अब झट्ट सँधै शुभ कीर्ति छरौं ।।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया