मारुती सुजुकीले ल्याउँदै छ ८०० सीसी इन्जिन भएको बजेट कार

एजेन्सी

काठमाडौं

मारुती सुजुकीले भारतीय बजारमा कम्पनीको पोर्टफोलियोमा केही नयाँ प्रोडक्ट ल्याउने तयारी गर्दैछ। कम्पनीले ४ मिटर यूभी, एक्सएल ५ यूभी र ५ डोर जिम्नी ल्याउने योजना बनाइरहेको छ ।

कम्पनीले २ वर्ष भित्र यी नयाँ कार लन्च गर्ने भएको छ। रिपोर्टका अनुसार कम्पनीले ८०० सीसीको इन्ट्रि लेवल कार पनि लन्च गर्ने भएको हो। इन्ट्रि लेवल सेगमेन्टमा मारुती सुजुकी भारतको सफल ब्राण्ड मध्ये एक हो।

एक रिपोर्टका अनुसार कम्पनीले भारतीमा बीएस ६ डिजेल इन्जिन मोडल ल्याउने योजना बनाइरहेको छ । कम्पनी ब्रेजा, सियाज, अर्टिगा र एक्सएल६ को बीएस६ कम्प्लायन्ट डिजेल इन्जिनको साथमा ल्याउने तयारी गर्दैछ । सो मोडलमा १.५ लिटर डिजेल इन्जिन समावेश गर्ने सम्भावना रहेको छ ।

मारुती सुजुकीको नयाँ ८०० सीसी इन्जिन भएको कारले भारतीय बजारमा अल्टो ८०० लाई रिप्लेस गर्नेछ । नयाँ कार हार्टटेक–के प्लेटफर्ममा आधारित हुनेछ । जसको प्रयोग एस–प्रेसो र नयाँ वागनआरमा समेत गरिएको थियो ।

सो नयाँ ह्याचब्याक कारको ८०० सीसीको इन्जिनले ४७ बीएचपीको पावर र ६९ एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा म्यानुअल र एएमटी ट्रान्समिसनको साथमा लन्च गर्ने सम्भावना रहेको छ ।

मारुतीको सो नयाँ कारको रेनो क्विडसँग प्रतिस्पर्धा हुनेछ । कम्पनीको नयाँ ह्याचब्याकमा नयाँ फिचर समावेश गर्नेछ । नयाँ कारमा एन्ड्रोयड अटो र एप्पल कारप्ले सपोर्ट र पावर विन्डो पनि समावेश गर्नेछ ।

कारमा ड्युअल फ्रन्ट एयरब्याग, एबीएसको साथमा ईबीडी, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर र स्पिड अलर्ट जस्ता फिचर हुनेछ । भारतमा सो कार २०२२ सम्ममा लन्च हुनेछ ।

 

प्रकाशित मिति: : 2020-08-03 23:09:02

प्रतिकृया दिनुहोस्