काठमाडौँ, साउन २० गते । ऊर्जा क्षेत्रमा एक वर्षभित्र हासिल गर्ने भनी निर्धारण गरिएका मुख्य लक्ष्य पूरा हुन नसकेको देखिएको छ । समग्रमा आर्थिक वर्ष २०७६÷७७ प्रगति समीक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नो वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत हासिल गरे पनि विद्युत् उत्पादन, खपत, विद्युतीकरणलगायत महŒवपूर्ण लक्ष्यमा मन्त्रालय चुकेको देखिएको हो । ऊर्जातर्फ मात्र वार्षिक वित्तीय प्रगति ६१.४२ प्रतिशत र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति देखिएको छ ।
गत आर्थिक वर्षकोे नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित महŒवपूर्ण लक्ष्यमा उपलब्धि न्यून पाइएको छ । कार्ययोजनामा गत आर्थिक वर्षमा एक हजार मेगावाट विद्युत् थप गर्ने भनिएको थियो तर आइतबार सम्पन्न मन्त्रालयको समीक्षा बैठकमा १४९ मेगावाट जलविद्युत् मात्र राष्ट्रिय प्रसारण लाइनमा थपिएको र कुल जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको जनाइएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही ठूला आयोजनाको निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहेकामा कोभिड–१९ का कारण पूरा हुन नसकेको मन्त्रालयले जनाएको छ ।
विद्युत् खपत विस्तारको लक्ष्यमा पनि मन्त्रालयले सन्तोषजनक उपलब्धि पाएको छैन । सो वर्ष प्रतिव्यक्ति वार्षिक विद्युत् खपत २४५ किलोवाट घण्टाबाट १८१ बढाएर ४३६ पु¥याउने लक्ष्य कार्ययोजनामा राखिएको थियो तर समीक्षा गर्दा १५ युनिट मात्र बढेर २६० मात्र पुगेको देखिन्छ ।
कार्ययोजनाले लक्षित गरेको ४० जिल्लाको पूर्ण विद्युतीकरणको लक्ष्यमा उपलब्धि भने निकै तल १५ जिल्लामा सीमित रहेको नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया