स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको शंका लागेका वा जोखिमयुक्त ठाउँबाट काठमाडौं उपत्यका आउने मानिसहरूको परीक्षण गर्नको लागि स्वाब संकलन केन्द्र तोकेको छ।
मन्त्रालयले उपत्यकाका विभिन्न १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको छ। जसमा पाटन, सिभिल, टिचिङ, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी, प्रसूति गृह, नेपाल कोरिया मैत्री र ह्याम्स अस्पताल छन्।
'शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरू, जोखिमयुक्त स्थानहरूबाट आउनु भएका व्यक्तिहरूले नजिकको स्वाब केन्द्रमा बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षण गर्न अनुरोध गरिन्छ,' सूचनामा भनिएको छ।
साथै, संक्रमण जोखिम बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालन गर्न आग्रह गरेको छ।
मानिसहरूलाई घरमै बसेर चाडपर्व मनाउन पनि मन्त्रालयले अपील गरेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया