स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको शंका लागेका वा जोखिमयुक्त ठाउँबाट काठमाडौं उपत्यका आउने मानिसहरूको परीक्षण गर्नको लागि स्वाब संकलन केन्द्र तोकेको छ।
मन्त्रालयले उपत्यकाका विभिन्न १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको छ। जसमा पाटन, सिभिल, टिचिङ, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी, प्रसूति गृह, नेपाल कोरिया मैत्री र ह्याम्स अस्पताल छन्।
'शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरू, जोखिमयुक्त स्थानहरूबाट आउनु भएका व्यक्तिहरूले नजिकको स्वाब केन्द्रमा बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षण गर्न अनुरोध गरिन्छ,' सूचनामा भनिएको छ।
साथै, संक्रमण जोखिम बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालन गर्न आग्रह गरेको छ।
मानिसहरूलाई घरमै बसेर चाडपर्व मनाउन पनि मन्त्रालयले अपील गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया