बिएल संवाददाता
कोरोना महामारीको बीचमा यतिबेला युरोपमा स्पेनी राजपरिवारको एउटा समाचारले सबैको ध्यान आकृष्ट गरिरहेको छ। समाचार हो– फ्रान्सका पूर्वराजा हुँवा कार्लोसको।
आर्थिक घोटालाको मुद्धामा घेरिएका स्पेनका पूर्व राजा कार्लोस गत आइतबारदेखि गुप्तवासमा छन्। उनी छिमेकी पोर्चुगलको पोर्टो हुँदै डोमिनिकन गणराज्यतर्फ लागेको केही अखबारको दावी छ।
तर, स्पेनको राजपरिवारले यसलाई गोप्य राखेको छ। मंगलबार राजपरिवारको वेभ साइटमा प्रकासित समाचार अनुसार हुँवा कार्लोसले आफ्नो छोरा राजा फिलिप छैटौंलाई ‘मेरो विगतको नीजि जीवनको केही कुराहरू सार्वजनिक हुन थालेको हुनाले’ आफू बाहिर जान चाहेको बताएका थिए।
आर्थिक घोटालाको मुद्धामा स्पेन र स्विट्जरल्याण्डमा हुँवा कार्लोसमाथि छानवीन हुने सम्भावना बढेर गएको थियो।
स्पेन छोडेर अज्ञातस्थलमा जाने कार्लोसको घोषणाले थुप्रै स्पेनिस जनतालाई आश्चर्यमा पारेको छ। अहिलेसम्म न राजपरिवारले, न त सरकारले नै कार्लोस कहाँ गए भन्ने कुराको पुष्टी गरेको छ।
स्थानीय एक पत्रिका ‘ला भानगुआर्डिओ’ ले केही समयका लागि उनी क्यारेबियन देश गएको हुन सक्ने दावी गरेको छ।
तर, अर्को पत्रिका ‘एल कन्फिडेन्सियल’ ले उनी पोर्चुगलमा भएको दावी गरेको छ। कार्लोसले आफ्नो बालापनको केही समय पोर्चुगलमा बिताएका थिए।

उनी आफ्नो परिवार तथा साथीभाई भएको फ्रान्स र इटालीमा पनि हुन सक्ने दावी गरिएको छ। ८२ वर्षीय कार्लोसले तानाशाही राजा फ्रान्सिस्को फ्रान्कोको राजपाठको विपरित सन् १९७५ मा स्पेनमा शान्तिपूर्ण ढंगले प्रजातन्त्र पुनःस्थापित गराएका थिए।
प्रजातन्त्रप्रेमी राजा भएपनि उनीमाथि घोटालाको आरोप बढ्न थालेपछि सन् २०१४ मा छोरा फिलिपलाई राजगद्दी छोडेर बाहिरिएका थिए।
कार्लोसमाथि दबाब बढ्न थालेपछि केही गणतन्त्रवादीले स्पेनबाट राजतन्त्र उन्मुलन गर्नुपर्ने आवाज उठाइरहेका छन्। बामपन्थी पार्टी उनिदास पोदेमोस, जुन स्पेनको गठबन्धन सरकारको सानो हिस्सा हो, उसले गणतन्त्रको मुद्धालाई सार्वजनिक बहसमा ल्याउन आवहान गरेको छ। ‘अब राजतन्त्रलाई समर्थन गर्नुको कुनै औचित्य छैन। उनीहरू सामान्य नैतिक उत्तरदायित्वबाट बिचलित भइसकेका छन्,’ पार्टीले सोमबार सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ।
तर, समाजवादी पार्टीको नेतृत्व गरिरहेका प्रधानमन्त्री पेड्रो साञ्चेजले कम्युनिस्ट पार्टीको भनाईलाई वेवास्था गर्दै आफ्नो समर्थन राजा फिलिपलाई रहेको स्पष्ट पारेका छन्। उनले यो घटनाले हुवाँ कार्लोस ‘दिक्क मानिरहेको’ बताएका छन्।
हुँवा कार्लोसका वकिल जाभियर साञ्चेज–जुन्को मान्सले पूर्व राजाले आफूमाथि लागेको आरोपको मुद्धामा पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्। उनले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा कार्लोस देश बाहिर भएपनि अनुसन्धानमा सहयोग गर्न उपलब्ध हुने बताए।
स्पेनको सामान्य अभियोजक कार्यालयले गत जुनमा सार्वजनिक गरेको विज्ञप्तीमा कार्लोसमाथि स्पेनमा ‘हाई–स्पीड’ रेलको निर्माण हुँदा साउदी अरेबियाबाट लाखौं डलरको ‘किकब्याक’ खरिदमा घोटाला भएको आरोप लगाइएको थियो।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया