कांग्रेस सभापति पदमा आकाङ्‍क्षीको लर्को, दोहोरिएलान् त देउवा ?

देखापढी

काठमाडौंं

जङ्‌ग तामाङ

१४ औं महाधिवेशनको सम्मुखमा रहेको नेपाली कांग्रेसमा ‘महाधिवेशन केन्द्रित राजनीति’ ले पार्टीभित्रको आन्तरिक टकरावलाई उत्कर्षमा पुर्‍याएको छ।

सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई लक्षित गर्दै पार्टी अन्तर्गतका विभाग गठनदेखि पदपूर्तीसम्मका काम गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चर्को विरोध गर्दै आएको छ। 

पौडेल पक्षले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी समेत गरिसकेको छ। देउवालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ। देउवाको कदमलाई पौडेल समूहले आसन्न महाधिवेशनमा प्रभाव पार्ने प्रयास भन्दै टिप्पणी गरेको छ।

उजुरीमार्फत विभागहरूमा पदाधिकारीसँगै सदस्यको मनोनयन तत्काल रोक्न र भइसकेका मनोनयन बदर गर्न माग गरिएको छ। 

महाधिवेशन स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित हुने आधार हराउँदै गएको पनि पौडेल समूहले उजुरीमा आरोप लगाएको छ।

यससँगै पूर्वमन्त्रीद्वय गोविन्दराज जोशी र पुष्करनाथ ओझा साथै रामबहादुर विष्टलाई अनुशासनको कारवाही भन्दै निष्कासन गरिएको, राप्रपा नेता सुनीलबहादुर थापालगायतको प्रवेश र देउवाद्वारा एकमुस्ट वितरीत क्रियाशील सदस्यतालाई लिएर पनि पार्टीभित्र विरोध हुँदै आएको छ।

प्रकाशित मिति: : 2020-08-05 12:44:30

प्रतिकृया दिनुहोस्