मधुजंग पाण्डे
चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युुवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे ।
तर, कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् ।
त्यसो त अहिले लामो समयदेखि धेरै देशमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । कतिपय देशले त अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाइरहेका छन् । तर, पछिल्ला केही दिनमा भने अन्तर्राष्ट्रिय उडानका लागि ‘हरियो बत्ती’ बल्न थालेको छ । त्यसैले खतिवडा र कार्की पनि जापान जान खोजिरहेका हुन् ।
‘काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु’
पछिल्ला केही दिनदेखि जापान जान ‘नो अब्जेक्सन लेटर’ लिन जापानी राजदूतावासअघि भीड लाग्न थालेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उनीहरूले स्वदेश छाड्न खोजेका हुन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया