कोरोना संक्रमित मन्त्रीले भेटेका थिए प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो। उनले गत साता प्रधानमन्त्रीसहितका व्यक्तिलाई बालुवाटारमा भेटेका थिए।

मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक  मामिला  तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा बैठक भएको थियो ।

यसैबिच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सचिवालयमा रहेकाहरुको गत शनिबार परीक्षण गरिएको थियो। बालुवाटारमा भएका सुरक्षाकर्मी र प्रधानन्त्रीको सल्लाहकारको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताएका छन् ।

प्रकाशित मिति: : 2020-08-06 14:03:52

प्रतिकृया दिनुहोस्