ड्युटीमा रहेका ट्राफिकलाई छोराको फोन– 'प्रहरीलाई कोरोना लागेको छ रे, घर नआउनुस् बाबा'

दाङ घर भएका प्रहरी जवान रेशम चौधरी सि‌ंहदरबार ट्राफिक प्रहरी युनिटबाट स्वास्थ्य मन्त्रालय अगाडि खटिन्छन् ।

कहिले दिनभरको वर्षा त कहिले चर्को घाममा सवारी साधनलाई व्यवस्थित गरेर जाम हुन नदिनु उनको मुख्य जिम्मेवारी र दैनिकी हो । 

बिहान ५ बजे बूढानीलकण्ठस्थित डेराबाट बाइकमा उनी दैनिक ड्युटीमा आउँछन् । सवारी व्यवस्थापन गर्छन् र त्यहीँबाट डेरामा फर्किछन् । यो अहिले उनको दैनिकी हो । 

कोरोनाभाइरस (कोभिड– १९) पछि घर वा डेरामा बस्नेहरू सिधै ड्युटीमा खटिने र ड्युटीबाट घर वा डेरामै फर्किन निर्देशन महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि महाशाखाले यसो गरेको थियो । 

सवारी साधनको व्यवस्थापन गर्दा दैनिकजसो यात्रुको नजिक जानु, अहिलेको अवस्थामा जोरबिजोर चेक गर्नु अथवा अन्य कुनै सवारीले गल्ती गरेमा उचित कारवाही गर्नु, सडकमा सवारी साधनहरू बिग्रेको खण्डमा पछाडिबाट धकेल्नु ट्राफिक प्रहरीको दैनिक हो, चौधरीले पनि यो दैनिकजसो नै गर्नुपर्छ । 

प्रकाशित मिति: : 2020-08-06 16:11:48

प्रतिकृया दिनुहोस्