पहिलोपोष्ट
नेपाली काँग्रेसको प्रतिपक्षीका रुपमा चिनिन्छन् वरिष्ठ नेता रामचन्द्र पौडेल। काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको गतिविधिमाथि कठोर रुपमा अभिव्यक्ति दिन्छन् पौडेल। पार्टी सभापतिको कार्यशैलीलाई उनी 'निरंकुश' भन्छन्। त्यसैले देउवा विरोधी गुटका नेताहरु पौडेलतिर निकट देखिन्छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदा देउवाविरोधी खेमाहरु काँग्रेसमा एकैतिर देखिन थालेका छन्। आउँदो महाधिवेशनमा पौडेललाई देउवा पक्षका सम्भावित प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ।
त्यसो त देउवाइतर पक्षमा नेतृत्व हाँक्ने आकंक्षी धेरै छन्। १३ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका पौडेल यसपटक पनि भिड्ने मुडमा छन्। १४ औं महाधिवेशनमा 'कि पर्सन' का रुपमा देखिएका पौडेलसँग नेत्र तामाङले गरेको कुराकानीको अंश :
महाधिवेशन नजिकिँदा काँग्रेसमा किचलो बढेको छ, सतहमै देखिने गरी। किन बढ्यो विवाद?
महाधिवेशन सिद्धान्त र विचारको लडाई हो। काँग्रेसभित्रको मेरो लडाई नै विचारसहितको पार्टीको रुपमा स्थापित गर्नुपर्छ भन्ने हो। विचारको बलमा हामीले काम गर्नुपर्छ। हतियारको बलमा हैन। विचार प्रमुख हो राज्यसत्ताको।
नेकपाभित्र विसंगति देखिएको बेला त्यसलाई रोक्नु त टाढाको कुरा, काँग्रेस आफै झगडामा अल्झिरहेको किन होला?
नेकपा विचारहीन पार्टी हो। काँग्रेस विचारसहितको। तानतुन गरेर जोडघटाउ गरेर सत्ता कब्जा गर्ने कुरा घोर आपत्तिजनक छ।
कमिसन एजेन्टलाई लगानी बोर्डमा ल्याएको छ। दुर्भाग्य छ, यो राष्ट्रलाई को को मिलेर लुट्ने हुन्? यो भ्रष्ट प्रवृत्ति हो। यस्तो प्रवृत्तिविरुद्धको लडाई नै मेरो लडाई हो।
पार्टीका आदर्श र सिद्धान्तलाई लिएर जनतामा जानुपर्छ। निमुखालाई न्याय र विपन्नलाई आयको मिसनलाई लिएर जनतामा जानुपर्छ। यसरी लड्न सकेन भने कम्युनिस्टसँग काँग्रेसले गरिखाँदैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया