श्रीलंका चुनावः महेन्द्रा राजपक्षेंको पार्टी बलियो अवस्थामा 

एजेन्सी

कोलम्बो

श्रीलंकामा फेरि राजपक्षें परिवारले सत्ता बनाउने सम्भावना बढेर गएको छ। मंगलबार श्रीलंकामा भएको आम निर्वाचनमा श्रीलंका पिपुल्स पार्टी बलियो जनमतसहित सरकार बनाउने दिशामा अगाडि बढेको छ। 

निर्वाचनको आधिकारीक नतिजा शुक्रबारबाट घोषणा हुनेछ। तर, यसपालि खसेको मत अनुसार राजपक्षेंको पक्ष बलियो मानिएको छ। स्थानीय समाचार एजेन्सीले देशको दक्षिणी भागमा पिपुल्स पार्टीको पक्षमा ६० प्रतिशत भोट खसेको अनुमान लगाएका छन्। यहाँ सिंहली समुदायको बलियो उपस्थिति मानिन्छ। यो राजपक्षें परिवारको भोट बैक पनि हो। 

बुधबार मतगणना सुरु भएपछि राष्ट्रपति बासिल राजपक्षेंले भने, ‘हामी सरकार बनाउन गइरहेका छौं।’ बासिल प्रधानमन्त्री महिन्द्रा राजपक्षेंका भाई हुन्।

श्रीलंकामा बहुमत प्रमाणित गर्न १ सय १३ सिट जित्न जरुरी मानिन्छ। कूल २ सय २५ सिटका लागि भएको निर्वाचनमा राजपक्षें दाजुभाईले १ सय ५० सिट ल्याउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2020-08-06 18:13:15

प्रतिकृया दिनुहोस्