विद्याको मनले अझै स्वीकार्न सकेको छैन रविन्द्रको मृत्यु (भिडिओसहित)

देखापढी

काठमाडौं

मञ्जु कार्की

 “परिवारका सबै सदस्य एक ठाउँमा जम्मा भएका बेला रविन्द्र जीलाई धेरै मिस गर्छु। उहाँको सम्झनाले एकदमै सताउँछ। मैलेभन्दा बढी छोराहरूले बुवाको अभाव महसुस गर्छन्। सानो छोराले एक दिन दुई जना अंकललाई भन्यो ‘मेरो बाबा हुनु हुन्न। अब हजुरहरूलाई म बाबा भन्छु नि।’ पत्नी मनले पीडा भोगिरहेकै थियो। छोराले यसो भनिरहँदा मेरो आमा मन झनै भक्कानियो। मानिसहरूले भन्ने जस्तो ‘एक वर्ष दुई वर्ष हुँदै समय बित्दै जाँदा सब बिर्सिन्छ’ भनेको मलाई सत्य लागेन। मलाई त जति समय बित्दै गयो उहाँको अभाव झन बढी महसुस हुन थालेको छ। हाम्रो समाजमा एउटा साधारण एकल महिलाले भोग्ने समस्या र मेरा भोगाईमा कुनै फरक छैन।”

विद्या भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ हुन्। देखापढीसँग उनले आफ्ना भावनाहरू यसरी पाेखिन्। कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पनि हुन उनी। योसँगै अल्पायुमा श्रीमान गुमाएकी महिला पनि। त्यसैले त देशकै नीति निर्माण गर्ने उपल्लो स्थानमा रहे पनि विद्याको महिला मन समय समयमा भक्कानिइरहन्छ। श्रीमानको सम्झनाले सताइरहन्छ।

प्रकाशित मिति: : 2020-08-10 12:24:51

प्रतिकृया दिनुहोस्