बिएल संवाददाता
१३औं दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीलाई निलम्बन गरिएको छ।
निषेधित अैाषधि सेवन गरेका महम्मद नहिम र महबुब अलीको स्याम्पल एन्टी डाेपिङ ल्याबमा टेष्ट गरिएको थियो। उनीहरूकाे डाेपिङ पोजेटिभ भेटिएपछि दुवै खेलाडी २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्को लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ।
नेपालमा गत मंसिरमा भएको १३औं सागमा १०० मिटर हर्डल्समा स्वर्ण जितेका नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका अलीको पहिलाे स्याम्पल टेष्ट पोजेटिभ भेटिएको थियाे। वाडाले उनीहरूकाे दाेस्राे स्याम्पल टेष्ट गर्दा पनि फेरि पोजेटिभ भेटिएको हाे। दुइवटै स्याम्पल पाेजेटिभ भेटिएपछि उनीहरुको मेडल खोसिएकाे कमिटीले बताएकाे छ।
यस्तै १०० मिटर दौडमा कास्य जितेका सामी उल्लाहको पनि पहिलाे स्याम्पल टेष्ट पोजेटिभ आएको थियाे तर दाेस्राे स्याम्पल टेष्ट भएकाे छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया