बिएल संवाददाता
१३औं दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीलाई निलम्बन गरिएको छ।
निषेधित अैाषधि सेवन गरेका महम्मद नहिम र महबुब अलीको स्याम्पल एन्टी डाेपिङ ल्याबमा टेष्ट गरिएको थियो। उनीहरूकाे डाेपिङ पोजेटिभ भेटिएपछि दुवै खेलाडी २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्को लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ।
नेपालमा गत मंसिरमा भएको १३औं सागमा १०० मिटर हर्डल्समा स्वर्ण जितेका नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका अलीको पहिलाे स्याम्पल टेष्ट पोजेटिभ भेटिएको थियाे। वाडाले उनीहरूकाे दाेस्राे स्याम्पल टेष्ट गर्दा पनि फेरि पोजेटिभ भेटिएको हाे। दुइवटै स्याम्पल पाेजेटिभ भेटिएपछि उनीहरुको मेडल खोसिएकाे कमिटीले बताएकाे छ।
यस्तै १०० मिटर दौडमा कास्य जितेका सामी उल्लाहको पनि पहिलाे स्याम्पल टेष्ट पोजेटिभ आएको थियाे तर दाेस्राे स्याम्पल टेष्ट भएकाे छैन।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया