अनलाइनखबर
भानुभक्त आचार्य
कैलालीको भजनी नगरपालिका-८ काँडाढिककी पार्वती देवी शाहीको सानो परिवार हाँसीखुसी थियो । अविरल वर्षासँगै १४ साउनमा आएको बाढीले काँडाढिक डुबानमा पर्दा शाहीको घर पूर्णरुपमा क्षतिग्रस्त भयो ।
अहिले उनी छोरा र बुहारीसँग हुलाकी सडकमा पाल टाँगेर बसरहेकी छन् । ‘धन्न ज्यान जोगियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘१८ दिनदेखि सडकमा छौं ।’
शाहीले १५ कठ्ठामा लगाएको धान पनि बाढीले सोत्तर बनायो । उनको परिवार विभिन्न संघ सस्थाले दिएका चाउचाउ, चिउरा र बिस्कुटको भरमा दिन काटिरहेका छन् ।
वडा नम्बर ८ कै सागर शाह पनि अहिलेसम्म घर फर्किन सकेका छैनन् । घर डुबानमा परेपछि विस्थापित भएका शाह शाहीजस्तै सडकमा आश्रति छन् ।
उनीहरु बसेको स्थानसम्म जाने बाटो नदीले कटान गरिदिएको छ । राहत लिएर आउनेहरु समेत बीच बाटोबाटै फर्किने गरेको भन्दै शाह भन्छन्, ‘राहत बोकेर आएको गाडी देख्दा हर्ष पलाउँछ । तर, यहाँसम्म नपुग्दा पीडा हुन्छ ।’
काडा, पथरैया, मोहना र कन्द्रा नदीको सङ्गम क्षेत्रका रुपमा रहेको भजनी नगरपालिकामा १४ साउनमा आएको बाढीले काँडाढिकका ५३ घर पूर्णरुपमा क्षतिग्रत छन् ।
भजनी नगरपालिकामा २ हजार १८० र कैलालीभरमा ६ हजार ३२० घर डुबानमा परेका थिए । बाढी प्रभावितहरु मध्ये केही अहिले पनि सडकमा त्रिपाल टाँगेर बसेका छन् त कोही आफन्तको शरणमा छन् ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया