भजनीका बाढीपीडितलाई सरकारी आश्वासनको बाढी !

भानुभक्त आचार्य

 कैलालीको भजनी नगरपालिका-८ काँडाढिककी पार्वती देवी शाहीको सानो परिवार हाँसीखुसी थियो । अविरल वर्षासँगै १४ साउनमा आएको बाढीले काँडाढिक डुबानमा पर्दा शाहीको घर पूर्णरुपमा क्षतिग्रस्त भयो ।

अहिले उनी छोरा र बुहारीसँग हुलाकी सडकमा पाल टाँगेर बसरहेकी छन् । ‘धन्न ज्यान जोगियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘१८ दिनदेखि सडकमा छौं ।’

शाहीले १५ कठ्ठामा लगाएको धान पनि बाढीले सोत्तर बनायो । उनको परिवार विभिन्न संघ सस्थाले दिएका चाउचाउ, चिउरा र बिस्कुटको भरमा दिन काटिरहेका छन् ।

वडा नम्बर ८ कै सागर शाह पनि अहिलेसम्म घर फर्किन सकेका छैनन् । घर डुबानमा परेपछि विस्थापित भएका शाह शाहीजस्तै सडकमा आश्रति छन् ।

उनीहरु बसेको स्थानसम्म जाने बाटो नदीले कटान गरिदिएको छ । राहत लिएर आउनेहरु समेत बीच बाटोबाटै फर्किने गरेको भन्दै शाह भन्छन्, ‘राहत बोकेर आएको गाडी देख्दा हर्ष पलाउँछ । तर, यहाँसम्म नपुग्दा पीडा हुन्छ ।’

काडा, पथरैया, मोहना र कन्द्रा नदीको सङ्गम क्षेत्रका रुपमा रहेको भजनी नगरपालिकामा १४ साउनमा आएको बाढीले काँडाढिकका ५३ घर पूर्णरुपमा क्षतिग्रत छन् ।

भजनी नगरपालिकामा २ हजार १८० र कैलालीभरमा ६ हजार ३२० घर डुबानमा परेका थिए । बाढी प्रभावितहरु मध्ये केही अहिले पनि सडकमा त्रिपाल टाँगेर बसेका छन् त कोही आफन्तको शरणमा छन् ।

प्रकाशित मिति: : 2020-08-15 15:42:57

प्रतिकृया दिनुहोस्