मरेका कुखुरा बरामदपछि उब्जिएको प्रश्न - ‘हामीले खाँदै आएको मासु कति स्वस्थ ?'

देखापढी

काठमाडौँ

निकेश खत्री    

भदौ १ गते बीएण्डबी मिटमार्टले बेच्न राखिएको २२ बोरा मरेका कुखुरा बरामद भएपछि एउटा प्रश्न जन्मिएको छ, “हामीले दैनिकरूपमा खपत गर्ने लाखौं किलो मासु कति स्वस्थ ?”

खासगरी, नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासु खपत हुँदै आएको मासुमध्ये कति परिमाणको मासु पहिले नै मरिसकेका कुखुराबाट तयार पारिन्छ भन्ने प्रश्न उब्जिएको हो।

त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै झण्डै ५ लाख किलो कुखुराको मासु खपत हुन्छ। त्यसरी दैनिकरूपमा खपत हुने मासुमा मरेका कुखुरा समेत मिसाइने गरेको पछिल्लो पटक भदौ १ को घटनाले छर्लङ्ग पारेको छ।

राज्यमा नियमनकारी निकाय नभएको होइन। तर, उनीहरुलाई पनि बजारमा बिक्री भइरहेका मासुको गुणस्तरवारे कुनै जानकारी छैन। बजार अनुगमनलाई कर्मकाण्डमै सिमित गर्दा सरकारी निकायसँग बजारबारेका कुनै पनि डेटा छैनन्।

कोरोना भाइरस संक्रमणको महामारीका कारण विभिन्न चरणमा जारी गरिएका लकडाउन वा निशेधाज्ञाहरुका कारण देशैभरी मानिसका सामान्य गतिविधिहरु बर्जित छन्। आवागमन धेरै हदसम्म निशेधित छन्। सभा, सेमिनार र पार्टीहरु बन्द भएसँगै होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरु पनि खुलेका छैनन्। यिनै तथ्यलाई आधार बनाएर अधिकारीहरू हल्का पारामा भनिदिन्छन्, “आजकाल मासुको खपत घटेको छ।”

प्रकाशित मिति: : 2020-08-21 11:12:01

प्रतिकृया दिनुहोस्