‘प्रोटोकल’ ताेडेका नेयमारमाथि लचिलाे युइएफए, चेतावनी दिँदै फाइनल खेल्न दिइयाे

ब्राजिली स्टार फरवार्ड नेयमारले युइएफए च्याम्पियन्स लिगको फाइनल खेल खेल्न पाउने भएका छन्। 

सेमिफाइनलमा जर्मन क्लब आरबीलेपजिकमाथि ३–० को जित निकालेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले विपक्षी टोलीका खेलाडी लेपजिकका मार्सेल हल्सटेनबर्गसँग जर्सी साटासट गरेका थिए।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले बनाएको कोरोना भाइरसको नियममा यसरी जर्सी साटासाट गर्न नपाइने र एक अर्का खेलाडीबीच अंकमालका साथै गर्न पाइने छैन।  खेलाडीले नियम उल्लंघन गरे एक खेलको प्रतिबन्ध र करिव १२ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ। 

तर यूईएफएले ‘प्रोटोकल’ तोडेका नेयमारलाई चेतावानी मात्रै दिँदै कारवाही नगर्ने बताएपछि फाइनल खेल्न पाउने भएका हुन्। नेयमारले च्याम्पियन्स लिगको पछिल्लो ६ खेलमा ३ गोल गर्नुका साथै चार गोलका लागि असिस्ट दिएका छन्। 

पहिलोपटक फाइनल प्रवेश गरेको पीएसजीले उपाधिका लागि आइतबार वायर्न म्युनिखसँग खेल्नेछ। लिस्बनमा बुधबार भएको खेलमा फ्रान्सेली क्लब लियोनमाथि ३–० को जित निकाल्दै वायर्न फाइनलमा पुगेको थियो। 

यता लिस्बनमै मंगलबार भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेपजिकमाथि ३–० को जित दर्ता गर्दै पीएसजी फाइनलमा प्रवेश गरेको थियो। 

प्रकाशित मिति: : 2020-08-21 14:05:34

प्रतिकृया दिनुहोस्