पुजारी हत्या : चार दिन बित्दासम्म घटना रहस्यमय

जङ्‌ग तामाङ

काठमाडौं

रौतहटको माधवनारायण नगरपालिका-२ मा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नको पहिचान अझैसम्म खुलेको छैन।

प्रहरीका अनुसार हत्याको कारणदेखि हत्यामा संलग्न कता फरार भए भन्ने पनि खुल्न सकेको छैन। हिन्दू पुजारी तेलीको हत्यापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले भिन्न-भिन्न कोणबाट अनुसन्धान थालेको छ।

अनुसन्धान टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर महतोले गरेका छन्। उनले हत्या घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए।
 
“अनुसन्धान जुन-जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गरिरहेका छौं र निक्कै सुक्ष्म ढङ्गले टोलीले अनुसन्धान गरेको अवस्था छ।” उनले देखापढीसँग भने।

प्रकाशित मिति: : 2020-08-23 17:25:11

प्रतिकृया दिनुहोस्