नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जीतबहादुर केसीलाई कोरोना संक्रमण

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ।

७२ वर्षे केसीकाे दिसामा रगत देखिएपछि  बयोदा अस्पताल लगिएकाे थियाे। तर, उपचारका गर्नुअघि पीसीआर परीक्षण गर्दा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे उनका छोरा योगेन्द्रले बताए। 

‘बुबालाई सोमबार दिसामा रगत देखिएपछि अस्पताल लग्यौं। पीसीआर परीक्षण गर्न हामीलाई स्टार अस्पतालमा पठाइयाे। हिजाे टेकु अस्पतालबाट फोन आएपछि काेराेना संक्रमण भएकाे जानकारी पायाैं,’ योगेन्द्रले बिएल नेपाली सेवासँग भने।

अहिले केसी घरमै आइसोसेलनमा बसेका छन्। उनमा केही लक्षण नदेखिएकाे उनका छाेराले बताए। 

केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए। 

केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए। त्यसपछि उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी बने ।

प्रकाशित मिति: : 2020-09-01 14:24:12

प्रतिकृया दिनुहोस्