नेपाली रग्वी टिमकी कप्तानलाई कोरोना संक्रमण

नेपाली राष्ट्रिय रग्बी महिला टिमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ।

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेनिङमा त्यहाँको सबैको परिक्षण गर्दा एलिसाको कोरोना पोजेटिभ देखिएको हो।

बागमती प्रदेश उपसभामुखकी स्वकीय सचिवसमेत रहेकी थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेकी हुन्।

थापा अहिले हेटौँडास्थित घरमै आसोलेसनमा बसेकी छिन्। उनले आफूलाई कुनै लक्षण नरहेको र स्वस्थ रहेको बताइन्। उनले कोरोना पोजेटिभ देखिए पनि सकरात्मक सोच र उच्च मनोबल बनाउनुपर्ने बताइन्।
 
थापाले २०१५ देखि राष्ट्रिय रग्बी टिममा खेल्न थालेकी थिइन् भने २०१७ देखि कप्तानको रुपमा छिन्। उनी पहिला उपकप्तान थिइन्।

प्रकाशित मिति: : 2020-09-03 15:17:39

प्रतिकृया दिनुहोस्