ज्योति गैह्रे, जसले कोरोना महामारीकै बीचमा गरिन उद्योग स्थापना

देखापढी

काठमाडौँ

 युबराज बस्नेत

भनिन्छ, अभावलाई अवसरको रुपमा परिणत गर्नुपर्छ । अवसरमा ढाल्नलाई त्यति सजिलो भने छैन । जसले नयाँ जुक्ति र जोखिम मोल्न सक्छ, सफलता त्यसैले पाउने हो । यहि अभावलाई चुनौती दिदैं संकटमा जोखिम मोलेर अगाडि बढेकी उद्यमी हुन्, ज्योति गैह्रे । 
कोभिड–१९ र त्यसपछि सिर्जित लकडाउनले अवस्था जटिल बनाएपछि उनले जागिर छोडेर ई–कमर्श व्यापारमा लागिन र यहि बीचमा उनी उद्यमीसमेत बनिन् । 

कोभिड महामारीको ६ महिनाका बीचमा योजना, टिम, लगानी र कार्यान्वयन एकैपटक गर्न समस्या हुन्छ तर ज्योतिले ६ महिनामै ‘स्टेप वाइ स्टेप’ हात हाल्दै गइन् । ६ महिनाभित्र पहिलो व्यवसायबाट उनी पछिसमेत हटेकी थिइन् । एक अटो कम्पनीमा कार्यरत ज्योति कोभिड–१९ का कारण जागिरमा गरिरहन समस्या आएपछि खाली बसेकी थिइन् । 

लकडाउनको समयमा सुरुमा खाली बसिरहँदा उनलाई रमाइलो पनि लागिरहेको थियो । लकडाउन लम्बिँदै जान थालेपछि अब केहि गर्नुपर्छ भन्ने मुडमा उनी पुगेकी थिइन् । त्यहि मुडमा उनले सानो व्यवसायमा हात हालिन् । 

प्रकाशित मिति: : 2020-09-07 13:20:02

प्रतिकृया दिनुहोस्