यामाहाको नयाँ स्कुटर २ लाख ५४ हजार ९ सयमै आउने


यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले केही दिनमै नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ।

एफआई इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट र्‍याली स्कुटर सार्वजनिक गर्ने भएको हो।

दुईवटा रंगमा उक्त स्कुटर उपलब्ध हुनेछ। १२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ। उक्त स्कुटरमा ३० प्रतिशत थप पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको कम्पनिले जनाएकाे छ। 

त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी पोजिसन लाइट, टफ लुकिङ हेडलाइट, स्टप एन्ड स्टार्ट सिष्टम, ब्रुस गार्ड र स्मार्ट मोटर जेनेरेटर जस्ता विशेषता पनि उपलब्ध हुनेछ।

स्कुटरमा भएको बीएस–६ मापदण्डसहित फ्युल इन्जेक्टेड, ब्लुकोर इन्जिन छ, जसले ६५०० आरपीएममा ८.२ पीएस पावर र ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।

यसबाट पहिलेको ११३ सीसीको स्कुटर भन्दा पावर आउटपुटमा ३० प्रतिशत र फ्युल इकोनोमीमा १६ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ। स्कुटरमा ५.२ लिटरको इन्धन ट्यांकी छ। 

प्रकाशित मिति: : 2020-09-11 14:23:35

प्रतिकृया दिनुहोस्