दुई वर्षपछि पुनः युएस ओपनकाे उपाधि नाओमीलाई

जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन टेनिस प्रतियाेगितकाे उपाधि हात पारेकी छिन्।

न्यूयोर्कमा आइतबार बिहान भएको फाइनल खेलमा भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन्।

चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन्।

सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पनि त्यसपछि पछि परिन्।

सन् २०१८ मा पनि उपाधि जितेकी ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन्। ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको पनि उपाधि जितेकी थिइन्।

प्रकाशित मिति: : 2020-09-13 06:18:35

प्रतिकृया दिनुहोस्