बिएल संवाददाता
हिरो मोटोकर्पले भविष्यको लागि भनेर उच्च प्रदर्शनको इलेक्ट्रिक अल्ट्रा स्पोर्ट अर्थात छोटकरीमा ई.यूएस बाइक निर्माण गर्दैछ। सो बाइक जर्मनीको म्युनिखमा रहेको कम्पनीको टेक्निकल सेन्टरमा निर्माण कार्य हुँदैछ। जर्मनको सो कम्पनीले भारतस्थित राजस्थानमा रहेको आरएन्डडी टिमसँग सहकार्य गरिरहेको छ ।
ई.यूएस प्लेटफर्मले भारतीय बजारको लागि उपयुक्त विभिन्न सुविधाहरु, एक किसिमको ड्राइभट्रेन र भारतीय बजारमा किफायती इलेक्ट्रिक मोटरसाइकल अनुरुप विकास गर्नेछ । ई.यूएस भारतमा नै निर्माण हुनेछ र यसको मूल्य यसको लागतमा निर्भर हुनेछ । हिरो मोटोकर्पले हरेक इलेक्ट्रिक क्षेत्रमा आफ्नो बाहुल्यता जमाउन चाहन्छ ।
हिरो मोटोकर्पको सो प्रयास हालको लागि एक पाइला भए तापनि भविष्यमा राम्रो छवि बनाउने नीति रहेको छ । नयाँ इलेक्ट्रिक प्लेटफर्मको मूल्य प्रिमियम स्तरमा हुने आशा गर्न सक्छ । यद्यपि हिरोले अन्य कम्पनीसँग विशुद्ध प्रतिस्पर्धाको लागि सही मुल्य राख्ने अनुमान गरिएको छ । यसमा अन्य कम्पनी जस्तै सस्पेन्सन सिस्टम, ब्रेक र चेसिस हुनेछ ।
बाइक निर्माता कम्पनी आफ्नो इलेक्ट्रिक भेइकल बजारमा बढी हिस्सा ओगटेको हेर्न चाहन्छ । भविष्यमा नयाँ नयाँ ब्राण्ड र उत्कृष्ट फिचर समावेश भएको भेइकल निर्माण हुने सम्भावना रहेको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया