हिरोले ल्याउदै छ हाई पर्फमेन्स इलेक्ट्रिक बाइक

हिरो मोटोकर्पले भविष्यको लागि भनेर उच्च प्रदर्शनको इलेक्ट्रिक अल्ट्रा स्पोर्ट अर्थात छोटकरीमा ई.यूएस बाइक निर्माण गर्दैछ। सो बाइक जर्मनीको म्युनिखमा रहेको कम्पनीको टेक्निकल सेन्टरमा निर्माण कार्य हुँदैछ। जर्मनको सो कम्पनीले भारतस्थित राजस्थानमा रहेको आरएन्डडी टिमसँग सहकार्य गरिरहेको छ ।

ई.यूएस प्लेटफर्मले भारतीय बजारको लागि उपयुक्त विभिन्न सुविधाहरु, एक किसिमको ड्राइभट्रेन र भारतीय बजारमा किफायती इलेक्ट्रिक मोटरसाइकल अनुरुप विकास गर्नेछ । ई.यूएस भारतमा नै निर्माण हुनेछ र यसको मूल्य यसको लागतमा निर्भर हुनेछ । हिरो मोटोकर्पले हरेक इलेक्ट्रिक क्षेत्रमा आफ्नो बाहुल्यता जमाउन चाहन्छ ।

हिरो मोटोकर्पको सो प्रयास हालको लागि एक पाइला भए तापनि भविष्यमा राम्रो छवि बनाउने नीति रहेको छ । नयाँ इलेक्ट्रिक प्लेटफर्मको मूल्य प्रिमियम स्तरमा हुने आशा गर्न सक्छ । यद्यपि हिरोले अन्य कम्पनीसँग विशुद्ध प्रतिस्पर्धाको लागि सही मुल्य राख्ने अनुमान गरिएको छ । यसमा अन्य कम्पनी जस्तै सस्पेन्सन सिस्टम, ब्रेक र चेसिस हुनेछ ।

बाइक निर्माता कम्पनी आफ्नो इलेक्ट्रिक भेइकल बजारमा बढी हिस्सा ओगटेको हेर्न चाहन्छ । भविष्यमा नयाँ नयाँ ब्राण्ड र उत्कृष्ट फिचर समावेश भएको भेइकल निर्माण हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: : 2020-09-13 12:38:54

प्रतिकृया दिनुहोस्