सार्वजनिक भयो २० मिनेटमा चार्ज भएर ४८० किलोमिटर चल्ने कार

एजेन्सी

काठमाडौं

लुसिड मोटर्सको लक्जरी इलेक्ट्रिक कार लुसिड एयर सार्वजनिक भएको छ । सो इलेक्ट्रिक सेडान कार बेस भेरिएन्टको साथै टुरिङ, ग्रान्ड टुरिङ र ड्रिम एडिसन भेरिएन्टमा उपलब्ध रहेको छ । फुल चार्ज भएपछि सो कारले ८३२ किलोमिटरको दुरी तय गर्छ । लुसिड एयरको रेन्ज टेस्लाको टप इन्ड कार भन्दा बढी रहेको छ ।

इलेक्ट्रिक कार लुसिड एयरको बेस भेरिएन्टको मूल्य ८० हजार डलर र सबैभन्दा माथिल्लो भेरिएन्टको मूल्य १ लाख ६९ हजार डलर रहेको छ ।

सो नयाँ इलेक्ट्रिक लक्जरी सेडान कारको डेलिभरी सन् २०२१ देखि सुरु हुनेछ । सो कारको ड्युअल मोटर सेटअपले १०८० एचपीको पावर जेनेरेट गर्छ ।

कारमा कम्प्याक्ट ११३ केडब्ल्युएच एक्सटेन्डेड रेन्ज ब्याट्री समावेश गरिएको छ । सो ब्याट्री तीव्र गतिमा चार्ज हुने कम्पनीले दावी गरेको छ । डीसी फास्ट चार्जिङ नेटवर्कको कनेक्टबाट २० मिनेटको चार्जिङमा ४८० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । सो कार स्टेलर ह्वाइट, इन्फनिट ब्ल्याक र युरेका गोल्ड रङमा उपलब्ध रहेको छ ।

लुसिड एयरले ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड मात्र २.५ सेकेन्डमा तय गर्छ । कारको टप स्पिड ३२० किलोमिटर प्रति घन्टा रहेको छ । १० सेकेन्ड भन्दा कम समयमा क्वार्टर माइल टाइम तय गर्ने यो एकमात्र इलेक्ट्रिक सेडान कार हो ।

सो इलेक्ट्रिक कारको इन्टेरियर प्राइवेट जेटबाट प्रेरित रहेको छ । ड्राइभरको अगाडि ३४ इन्च कव्र्ड ग्लास ककपिक ५के डिस्प्ले समावेश गरेको छ । जसले ड्यासबोर्डको माथि फ्लोट गर्छ ।

इलेक्ट्रिक कार लुसिड एयरमा ३२ सेन्सर जडान गरिएको छ । कारमा ड्राइभर मनिटरिङ सिस्टम र यसको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमको लागि इथरनेट बेस्ट आर्किटेक्चरको प्रयोग गरिएको छ । सो कार लुसिडको वेबसाइटमा १ हजार डलरमा बुकिङ गर्न पनि सकिन्छ । तर ड्रिम एडिसन बुकिङको लागि ७ हजार ५ सय डलर तिर्नु पर्छ ।

बजारमा उपलब्ध भयो भने यो कारले हाल प्रचलित टेस्लाका इलेक्ट्रिक कारलाई टक्कर दिने अनुमान गरिएको छ ।

प्रकाशित मिति: : 2020-09-13 12:40:48

प्रतिकृया दिनुहोस्