एजेन्सी
लुसिड मोटर्सको लक्जरी इलेक्ट्रिक कार लुसिड एयर सार्वजनिक भएको छ । सो इलेक्ट्रिक सेडान कार बेस भेरिएन्टको साथै टुरिङ, ग्रान्ड टुरिङ र ड्रिम एडिसन भेरिएन्टमा उपलब्ध रहेको छ । फुल चार्ज भएपछि सो कारले ८३२ किलोमिटरको दुरी तय गर्छ । लुसिड एयरको रेन्ज टेस्लाको टप इन्ड कार भन्दा बढी रहेको छ ।
इलेक्ट्रिक कार लुसिड एयरको बेस भेरिएन्टको मूल्य ८० हजार डलर र सबैभन्दा माथिल्लो भेरिएन्टको मूल्य १ लाख ६९ हजार डलर रहेको छ ।
सो नयाँ इलेक्ट्रिक लक्जरी सेडान कारको डेलिभरी सन् २०२१ देखि सुरु हुनेछ । सो कारको ड्युअल मोटर सेटअपले १०८० एचपीको पावर जेनेरेट गर्छ ।
कारमा कम्प्याक्ट ११३ केडब्ल्युएच एक्सटेन्डेड रेन्ज ब्याट्री समावेश गरिएको छ । सो ब्याट्री तीव्र गतिमा चार्ज हुने कम्पनीले दावी गरेको छ । डीसी फास्ट चार्जिङ नेटवर्कको कनेक्टबाट २० मिनेटको चार्जिङमा ४८० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । सो कार स्टेलर ह्वाइट, इन्फनिट ब्ल्याक र युरेका गोल्ड रङमा उपलब्ध रहेको छ ।
लुसिड एयरले ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड मात्र २.५ सेकेन्डमा तय गर्छ । कारको टप स्पिड ३२० किलोमिटर प्रति घन्टा रहेको छ । १० सेकेन्ड भन्दा कम समयमा क्वार्टर माइल टाइम तय गर्ने यो एकमात्र इलेक्ट्रिक सेडान कार हो ।
सो इलेक्ट्रिक कारको इन्टेरियर प्राइवेट जेटबाट प्रेरित रहेको छ । ड्राइभरको अगाडि ३४ इन्च कव्र्ड ग्लास ककपिक ५के डिस्प्ले समावेश गरेको छ । जसले ड्यासबोर्डको माथि फ्लोट गर्छ ।
इलेक्ट्रिक कार लुसिड एयरमा ३२ सेन्सर जडान गरिएको छ । कारमा ड्राइभर मनिटरिङ सिस्टम र यसको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमको लागि इथरनेट बेस्ट आर्किटेक्चरको प्रयोग गरिएको छ । सो कार लुसिडको वेबसाइटमा १ हजार डलरमा बुकिङ गर्न पनि सकिन्छ । तर ड्रिम एडिसन बुकिङको लागि ७ हजार ५ सय डलर तिर्नु पर्छ ।
बजारमा उपलब्ध भयो भने यो कारले हाल प्रचलित टेस्लाका इलेक्ट्रिक कारलाई टक्कर दिने अनुमान गरिएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया